सुविन भट्टराईको ‘चमेलीको फूल बैजनी रूमाल’ लोकार्पण (तस्विरसहित)

दक्ष खबर 16615+ समाचार ( )
१ कार्तिक २०८२, शुक्रबार

काठमाडौँ । साहित्यकार सुविन भट्टराईको सातौँ कृति ‘चमेलीको फूल बैजनी रूमाल’ को लोकार्पण गरिएको छ । शुक्रबार प्रज्ञाप्रतिष्ठानमा आयोजित एक समारोहबीच भट्टराईले आफ्नो पुस्तक सार्वजनिक गरेका हुन् । भट्टराई सँगसँगै सहभागी दर्शकहरूले सार्वजनिक रूपमा पुस्तक लोकार्पण गरेका थिए । 

भट्टराईले जेन–जी आन्दोलनमा हताहत भएका ब्यक्तिहरूप्रति श्रद्धा सुमन अर्पण गर्दै समय जस्तो भएपनि आफ्नो गन्तव्य तर्फ लम्किन कहिले पनि पछि पर्न नहुने बताए ।

उनले, आजसम्मको माया प्रेम स्नेह र पाठकहरूको सदासयताका लागि आफू नतमस्तक रहेको बताए । त्यस्तै, समय परिस्थिति बदलिनेछ तर, लेखकले त्यै परिस्थितिलाई आत्मसम्मान र आत्मसात नगरे पाठकहरूबाट टाढा हुने बताए  ।

पुस्तक फाइन पिन्टले बजारमा ल्याएको हो भने, पुस्तको मुल्य ५७५ रूपैयाँ रहेको छ ।       



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार