१५१ वर्ष पुरानो ढोका छें फल्चाको पुनःनिर्माणका लागि शिलान्यास (तस्बिरसहित)  

दक्ष खबर 16534+ समाचार ( )
२७ मंसिर २०८२, सोमबार

काठमाडौँ । १५१ वर्ष पुरानो ऐतिहासिक ढोका छें फल्चाको पुनः निर्माणका लागि शिलान्यास गरिएको छ । नेपाल संवत् ९९५ चैत्रमा निर्माण भएको ग्वल: क्षेत्रको ऐतिहासिक फल्चा ढोका छें फल्चाको पुनःनिर्माणका लागि आज शिलान्यास गरिएको छ ।   

काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगतले शिलान्यास गर्नुहुदैँ, "नेपाल संवत् १९५ साल चैत महिनामा यस फल्चाको निर्माण गरिएको अविलेख रहेको बताउनुभयो ।" वडाअध्यक्ष संगत,"ग्वल: क्षेत्र ऐतिहासिक बस्ती भएकाले यहाँका सम्पदाहरू ऐतिहासिक नहुने कुरा नभएको बताउँदै यस ठाउँमा हुने बछलेश्वरी जात्रासँग यस फल्चाको सम्बन्ध गासिँएको बताउनुभयो ।" 

उहाँले, "विगतमा बछलेश्वरी जात्राको रथ उठाउने समयमा यस फल्चामा कुमार र कुमारीलाई राखेर पुजा गर्ने र प्रसादहरू बच्चाहरूलाई खुवाउने प्रचलन रहेको थियो । जसले गर्दा बोल्न नसक्ने बच्चाहरू बोल्नसक्छन् भन्ने विश्वास गरिन्थ्यो । त्यसैले ग्वल: क्षेत्रको ऐतिहासिकता फर्काउन फल्चाको पुनःनिर्माण गर्न लागिएको बताउनुभयो । " 

करिब १३ लाख ७० हजार लागत अनुमानमा निर्माण गर्न लागिएको फल्चाको पुनःनिर्माण एक महिना अगावै सक्ने लक्ष्य रहेको छ । फल्चाको शिलान्यास पुजा वडाअध्यक्ष संगतसहित वडासदस्यद्वय सरस्वती राज भण्डारी र राजलक्ष्मी भुसालले गर्नुभएको थियो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार