"भ्रष्टाचार नियन्त्रणका लागि शिक्षा कि कानून" शीर्षकमा अन्तर विद्यालय वादविवाद प्रतियोगिता आयोजना

दक्ष खबर 16456+ समाचार ( )
१९ आषाढ २०८०, मङ्गलबार


काठमाडौँ । नेशनल प्याब्सन जिल्ला कार्यसमिति काठमाडौँको आयोजनामा अन्तर विद्यालय स्तरिय वादविवाद प्रतियोगिता आयोजना हुने भएको छ । 

नेशनल प्याब्सन जिल्ला कार्यसमिति काठमाडौँको आयोजनामा  नेशनल प्याब्सन बूढानीलकण्ठ नगरसमिति काठमाडौँको संयोजनमा असार २० गते (भोलि) वादविवाद प्रतियोगिता आयोजना गरिएको हो । 

"भ्रष्टाचार नियन्त्रणका लागि शिक्षा कि कानून" शीर्षकमा वादविवाद प्रतियोगिता गर्न लागिएको नेशनल प्याब्सन काठमाडौँ जिल्ला सञ्चार विभाग प्रमुख एवं सचिवालय सदस्य राजन श्रेष्ठले पत्रकार सम्मेलनमा मार्फत जानकारी दिनुभयो । 

वादविवाद प्रतियोगितामा एउटा विद्यालयबाट एक जनाले मात्र सहभागीता जनाउँन पाउने छन् भने, कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूले मात्र प्रतियोगितामा सहभागीता जनाउन पाउनेछन् । सहभागीताका लागि दर्ता शुक्ल रू १००० लाग्ने आयोजक संस्थाले जनाएको छ । 

वादविवाद प्रतियोगिता विहान ९ बजेबाट शुरूवात हुने जनाईएको छ  । प्रतियोगिले ५ मिनेटको समयमा आफ्नो भनाईहरू राखिसक्नु पर्ने छ । विद्यार्थीले आफ्नो विद्यालयको पोशाक सहित पहिचान खुल्ने आइडि कार्ड मार्फत विद्यार्थीलाई प्रतियोगितामा सहभागीता जनाउन भनेको छ । कार्यक्रम असार २० गते बुधबार जोसेफ पव्लिक स्कुल कपन काठमाडौँमा आयोजना हुने जनाइएको छ । 

वादविवाद प्रतियोगितामा ५ जना प्रतियोगिलाई पुरस्कार वितरण गरिने आयोजक संस्थाले जनाएको छ । जसमा प्रथम पुरस्कार ५ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार ३५०० सहित ट्रफि मेडल र प्रमाणपत्र, तेस्रो पुरस्कार २५०० सहित ट्रफि मेडल र प्रमाणपत्र, चौथो पुरस्कार १५०० सहित ट्रफि मेडल र प्रमाणपत्र र पाँचौ पुरस्कार १००० रूपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र रहेको छ ।

त्यसैगरी पत्रकार सम्मेलन कार्यक्रमको सभापतित्व नेशनल प्याब्सन बुढानिलकण्ठ नगरपालिका अध्यक्ष नारायणलाल तिम्सिनाले गर्नुभएको थियो भने, कार्यक्रममा एन् प्याब्सनका प्रदेश अध्यक्ष डियन महतो,  उपाध्यक्ष मनोज अधिकारी, नेशन प्याब्सन जिल्ला सचिव अमृत खड्का, कोषाध्यक्ष प्रेम भुजेल, सहसचिव समीर बास्तोला लगायत विभिन्न विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

नारायणबाबू तिम्सिना १९ आषाढ २०८०, मङ्गलबार

सच्याउनु पर्ने - नारायणबाबू तिम्सिना - बागमती प्रदेश उपाध्यक्ष - देवनारायण महतो, - काठमाडौ जिल्ला उपाध्यक्ष - मनोज अधिकारी

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार