सडकबाट न्यायीक प्रणालीलाई उपहास गर्ने प्रवृत्तिको अन्त्य गरौँ : गृहमन्त्री

दक्ष खबर 16456+ समाचार ( )
२७ मंसिर २०८१, बिहीबार

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सडकबाट न्यायीक प्रणालीलाई उपहास गर्ने प्रवृत्ति कुनै हालतमा सहि नहुने बताउनु भएको छ । 

आज आयोजित शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धि अन्तर प्रदेशस्तरीय कार्याशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँँले दुई हप्ता भित्रमा नेेपाल प्रहरी ऐन मन्त्रीपरिषद्मा पेश गर्ने बताउनुभएको छ । 

उहाँले, पहिला प्रहरी ऐन त्यस पछि सशस्त्र प्रहरी ऐनलाई अगाडि बढाउने प्रक्रिया शुरूवात भएको बताउनुभयो । त्यसपछि उहाँले समायोजनको कानुनलाई समाधान गरेर निष्कर्ष गरेर अहिले नै केही समन्वय गर्न सकिन्छ कि भन्ने कुरामा छलफल भईरहेको बताउनुभयो । 

संघको प्रहरीलाई शुरूवातमा संघले अलिकति अधिकार लिएर प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्छ भन्ने आफ्नो धारण रहेको उहाँले बताउनुभयो । 

गृहमन्त्री लेखकले संघका साथिहरूले प्रदेश सरकरा सँग पनि सहि रूपले समन्वय गर्न उहाँले निर्देशन दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार