इन्द्रजात्रा पर्वकाे तयारी पुरा : राष्ट्रपतिदेखी विदेशी पाउनाले सहभागीता जनाउने

दक्ष खबर 16456+ समाचार ( )
१० अशोज २०८०, बुधवार
काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्वको तयारी पुरा भएको  छ । 

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
 
भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । 

यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।

मल्लकालदेखि शुरूवात भएको इन्द्र जात्राको तयारी बसन्तपुर क्षेत्रमा पुरा भएको र  यो जात्रामा जिउँदो देवीलाई कुमारी, गणेश र भैरवको विशेष जात्रा भएको र लिंग ठडाएपछि जात्रा शुरूवात हुने र इन्द्रजात्रामा रथ तान्ने र चार दिनपछि पुनः यसैस्थानमा ल्याउने काठमाडौं महानगरपालिका वडा १९ का वडा राजेश श्रेष्ठले बताउनुभयो । 

उहाँले आकाशभैरव, भैरव लाखे सबैको पुजा हुने बताउनुभयो ।  उक्त जात्रा तयारीका लागि व्यवस्थापन समिति नै बनाएको र काठमाडौं महानगरपालिकाले पनि बिशेष बल बनाएर अन्तराष्ट्रिय पाउनाहरू नेपाल आएको पनि उहाँले बताउनुभयो ।   

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले, 'आजसम्म यया पर्व नरोकिएको र यसको तयारी पुरा भएको बताउनुभयो ।' उहाँले सातै प्रदेशका मेयरहरू सहित २० जना पाउनाहरू अमेरिका कोरिया लगायत विभिन्न देशबाट पाउनाहरू आउनु भएको प्रवक्ता मानन्धरले बताउनुभयो । 

उहाँले विगतको भन्दा मर्यादित र भव्य र सव्य रूपमा जात्रा मनाउने तयारी भएको बताउनुभयो । उहाँले राष्ट्रपतिको सहभागीतामा उहाँले प्रसाद ग्रहण गरेपछि यो जात्रा सम्पन्न भएको घोषणा गरिने बताउनुभयो ।  

प्रवक्ता मानन्धरले एप्स जडान गरिएको र देविदेवताहरू कुन गल्लिमा कुन ठाउँमा पुग्यो भन्ने हेर्नका लागि गल्लि एप्सकोबाट हेर्न सकिने मानन्धरले बताउनुभयो । मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको “भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था छ, ‘भरण्यां निशि पातयेत्’ भनी उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताउनुभयो ।

यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन सोमबार स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार