सेन्ट जुलियन इङ्लिस बोर्डिङ स्कुलकाे १५औँ वार्षिकाेत्सव सम्पन्न

दक्ष खबर 16456+ समाचार ( )
१४ माघ २०८०, सोमबार

काठमाडाैँ। काठमाडाैँको चावहिलमा रहेकाे सेन्ट जुलियन इङ्लिस बोर्डिङ स्कुलले १५औँ वार्षिकाेत्सव सम्पन्न गरेको छ। शनिबार विद्यालयले ९ सयभन्दा बढी अभिभावकहरुको उपस्थितिमा वार्षिकाेत्सव मनाएको हो।

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष तथा प्रधानाध्यापक सुजन बरालले विद्यालयले बालबालिकाले अभिभावकको गरिवीकै कारण पढाइबाट बन्चित हुनु पर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभयाे । 

अध्यक्ष बरालले बोर्डिङ स्कुललाई अंग्रेजी मैत्रीकै रुपमा मात्रै चिनिने गरिएकोमा यस विद्यालयले नेपाली विषयलाई समेत त्यतिनै महत्व दिएर पठनपाठन सुरुवात गरेको बताउनुभयाे। 

कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ क्षेत्र नम्बर ३ का सांसद तथा अर्थसमितिका सभापति सन्तोष चालिसेले वर्तमान अवस्थामा निजी विद्यालयलहरुले नेपालको शैक्षिक उन्नयनमा भूमिका खेलेको बताउनुभयाे । 

त्यस्तै, प्रधानाध्यापक सुरेन्द्र मगरकाे संयोजकत्वमा सम्पन्न कार्यक्रममा विद्यालयका छात्र छात्राहरुले विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए। सो अवसरमा विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियाे ।

सेन्ट जुलियन स्कुलमा नर्सरीदेखि कक्षा ८ सम्म २ सय ५० भन्दा बढी विद्यार्थीहरु अध्ययन गर्दै आएका छन्।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार