जेन-जीको प्रदर्शनमा बालनेको समर्थन : भने, 'मेरो भरपुर समर्थन छ '
प्रिय जेन-जी भन्नुस् तपाईँहरुले कस्तो देश देख्न चाहनु हुन्छ ?
२२ भाद्र २०८२, आइतबार
काठमाडौँ । काठमाडौँ महानगरपालकाका प्रमुख बालेन शाहले जेन-जीहरूको र्यालीमा आफ्नो भरपूर समर्थन रहेको बताएका छन् ।
प्रमुख शाहले भोलीको र्याली स्पष्ट स्वतस्फुर्तरुपमा जेन-जी को हो । उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ भनेका छन् ।
उहाँले,'जस्को लागि म पनि अझै बुडो देखिन्छु । मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ ।'
"भोलि यो स्वतस्फुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।"
प्रिय जेन-जी भन्नुस् तपाईँहरुले कस्तो देश देख्न चाहनु हुन्छ ?