आइपिएलमा आज दुई खेल हुदैँ

दक्ष खबर 6469+ समाचार ( )
२३ वैशाख २०८१, आइतबार
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुदै छन् ।

आज आपिएलमा पहिलो खेल पञ्जाव किंग्स र चेन्नई सुपरकिंग्सबीच हुदै छ । धर्मशालामा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि शुरु हुदै छ ।

जारी आइपिएलमा पञ्जाव किंग्सले १० खेलमा ४ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ । ८ अंकसहित पञ्जाव छैटौं स्थानमा रहेको छ । त्यसैगरी चेन्नईले भने १० खेलमा ५ जित र ५ हार बेहोरेको छ । १० अंकसहित चेन्नई अंक तालिकामा चौथो स्थानमा रहेको छ ।

त्यसैगरी दोस्रो खेल लखनउ सुपर जाइन्ट र कोलकोता नाइट राइडर्सबीच हुदै छ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा लखनउले १० खेलमा ६ जित र ४ हार बेहोरेको छ । १२ अंकसहित लखनउ अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । त्यस्तै कोलकोताले १० खेलमा ७ जित र ३ हार बेहोरेको छ । १४ अंकसहित कोलकोता दोस्रो स्थानमा रहेको छ ।
        

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार