बालबालिकाहरुलाई मौलिक हक, ऐन तथा लागु औषध दुर्व्यसन रोकथाम सम्बन्धी १६ दिने सचेतनामुलक कार्यक्रम सम्पन्न

दक्ष खबर 15668+ समाचार ( )
१ माघ २०८१, बिहीबार

काठमाडाैँ । गोकर्णेश्वर नगरपालिका न्यायिक समितिद्वारा सञ्चालित विद्यालयस्तरका बालबालिकाहरुलाई मौलिक हक, बालबालिका ऐन तथा लागु औषध दुर्व्यसन रोकथाम सम्बन्धी १६ दिन सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका वडा २ ले बाल सुधार मा.वि.मा कार्यक्रम सम्पन्न गरेकाे हाे । 

कार्यक्रमका प्रमुख अतिथि तथा नगरपालिका उपमेयर सान्नानी लामाले लागु औषध दुरुपयोगले बालबालिकाहरुमा नकारात्मक असर परिरहको हुँदा यसको नियन्त्रणका लागि युवा वर्गहरुलाई जोगाउनु पर्ने बताउनुभयो । 

उहाँले, विद्यालयका प्र अ हेमराम घिमिरेले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएकाे थियाे । कार्यक्रममा गोकर्णेश्वर नगर पालिकाका कानुनि सल्लाहकार गोपाल प्रसाद भण्डारिले बाल बालिकाको मौलिक हक ऐनका बारेमा कक्षा संचालन गर्नु भएको थियो ।   

कार्यक्रमका प्रशिक्षक बौद्ध वृत्त  प्रहरी कार्यलयका प्रहरी नायव निरीक्षक पिताम्बर पराजुलीले लागु औषध सम्बन्धी प्रशिक्षण दिनु भएको थियो । 

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा १ वडासदस्य एवम न्यायिक समितिका सदस्य केशव सिंखडाको अध्यक्षतामा भएको .हाे । उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा न ६ का सदस्य एवम न्यायिक समितिका सदस्य प्रेम खडका,  वडा ८ का वडा सदस्य सुमन  लामा, शिक्षक - शिक्षिका लगायत  विद्यालयका  विद्यार्थीहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार