रवि लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति

दक्ष खबर 15668+ समाचार ( )
२ मंसिर २०८१, मङ्गलबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । 

सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न कास्की अदालतले अनुमति दिएको हो । 

मंगलबार जिल्ला अदालतले लामिछानेलाई थुनामा राख्न आठौँपटक म्याद थपको अनुमति दिएको हो । 

प्रहरीले उनी माथिको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसके पनि उक्त प्रतिवेदन अध्ययन गरी अभियोजन तयार गर्ने काम भइरहेकाले म्याद थप गरिएको बताइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार