नेपाल वेदविद्याश्रमका विद्यार्थीहरू एसईई परीक्षामा उत्कृष्ट नतिजा सहित उत्तीर्ण

दक्ष खबर 17388+ समाचार ( )
१४ आषाढ २०८१, शुक्रबार

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ वनकालीमा  रहेको नेपाल वेदविद्याश्रम संस्कृत माध्यमिक विद्यालयका विद्यार्थीहरू एसईई परीक्षामा उत्कृष्ट नतिजा सहित उत्तीर्ण भएका छन् । 

राष्ट्रिय परीक्षा बोर्डले २०८० सालमा सम्पन्न गरेको माध्यमिक शिक्षा परिक्षा एसईईको नतिजा अनुसार वेद विद्यनश्रमका विद्यार्थीहरू उत्कृष्ट नतिजा सहित उत्तिर्ण भएका हुन । 

"वेद विद्याश्रमबाट एसईई परिक्षामा सहभागी २४ जना विद्यार्थीहरू मध्ये १५ जनाले ३.६५ माथि र बाँकी ९ जनाले ३.६० जिपिए ल्याएर उत्तीर्ण हुन सफल भएको", विद्यालयका प्रधानाध्यापक केशव प्रसाद अधिकारीले बताउनुभयो । 

उहाँले, गत बर्षहरूमा झैँ यस वर्ष पनि विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याउन सफल भएको प्रधानाध्यापक अधिकारीले बताउनुभयो । 

२०३१ सालमा स्थापना भएर पठनपाठन शुरूवात भएको  यस विद्यालयले संस्कृत शिक्षालाई अग्रगामी रूपमा अगाडि बढाइरहेको छ । २०४३ सालबाट माध्यमिक शिक्षा परिक्षामा यस विद्यालयका  विद्यार्थीहरू सहभागी हुन थालेका हुन । 

छात्रा वास सहितको सुविधा रहेको विद्यालयमा ७७ जिल्लाका १०८ जना छात्रहरू बसोबास गरिरहेका छन् ।

प्रतिक्रिया

Bhim Prasad Sharma १५ आषाढ २०८१, शनिबार

जयतु संस्कृतम्

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार