गेहेन्द्र धिमाल फाउन्डेसनद्वारा लैङ्गिक अल्पसंख्यक कलाकारको कला प्रदर्शनी सम्पन्न

दक्ष खबर 17388+ समाचार ( )
२० आषाढ २०८०, बुधवार

काठमाडौँ । गेहेन्द्र धिमाल फाउन्डेसनले लैङ्गिक अल्पसंख्यक समुदायमा आधारित 'सिलाएका सपनाहरू' थिममा रही 'द प्राइडस् प्यालेट' फेसन डिजाइन र कला प्रदर्शनी सम्पन्न गरेको छ ।

यो कार्यक्रमले LGBTQIA+ कलाकारहरूलाई उनीहरूको कलाको रूप अभिव्यक्त गर्न र प्रदर्शन गर्नको लागि 'एक्सपोजर' सिर्जना गरेको आयोजक संस्था गेहेन्द्र धिमाल फाउन्डेसनका अध्यक्ष गौतम धिमालले बताए । वर्तमान र भावी पुस्तामा कलालाई पुनर्जीवित गर्ने र कला प्रदर्शन गर्ने महत्त्वपूर्ण कदमको रुपमा जुन २५ देखि जुन ३० तारिकसम्म यो प्रदर्शनी आयोजना भएको थियो ।

एकता, सामूहिकता, र पहिचानका साथै भेदभाव र हिंसाको प्रतिरोधको रुपमा अंग्रेजी पात्रो अनुसार 'जुन' महिनालाई लैङ्गिक अल्पसंख्यक समुदाय (लेस्बियन, गे, उभयलिंगी, ट्रान्सजेन्डर, क्वियर, र इन्टरसेक्स (LGBTQIA+) ले 'प्राइड मन्थ'को रुपमा मनाउने गर्छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार