काठमाडौँ महानगरद्वारा राप्रपालाई जरिवाना तिर्न पत्र

दक्ष खबर 16456+ समाचार ( )
७ वैशाख २०८१, शुक्रबार


काठमाडौँ । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना तिराउने निर्णय गरेको छ । 

गत चैत २७ गते राप्रपाले गरेको काठमाडौँ जनप्रदर्शनको क्रममा महानगरको विभिन्न क्षेत्र फोहोर गरेको र ट्राफिक आइल्यान्डमा क्षति पुर्‍याएको भन्दै महानगरले जरिवाना तिराउने निर्णय गरको हो । 

काठमाडौं  महानगरले राप्रपालाई फोहोरमैला ऐन २०६८ को दफा ३९ अनुसार ५ हजार जरिवाना र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ९७ अनुसार आन्दोलनका क्रममा ट्राफिक आइल्याण्ड मर्मतका लागि २ सय २२ रुपैयाँ ८१ पैसा लागेकाले सोही अनुरूप जरिवाना गरेको जनाएको छ । 

महानगरको बैंक खाता समेत उल्लेख गरेर सो अनुसारको जरीवाना तिर्न महानगरले राप्रपालाई पत्र पठाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार