बौद्धनाथ क्षेत्र विकास समितिद्वारा ट्राफिक प्रहरी वृत बौद्धलाई ट्राफिक सामग्री सहयोग (तस्विरसहित)

दक्ष खबर 15672+ समाचार ( )
९ अशोज २०८२, बिहीबार

काठमाडौँ । श्री बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रको सडक व्यवस्थापन सहज बनाउनका लागि ट्राफिक प्रहरी वृत बौद्धलाई ट्राफिक सामग्री सहयोग गरेको छ । विहिबार श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले  दुइ सय वटा ट्राफिक कोन र रिट्र्याक्टेबल बार  ट्राफिक प्रहरी वृत बौद्धका कार्यलय प्रमुख प्रहरी निरीक्षक शेखर जंग थापालाई हस्तान्तरण गरेका थिए ।

जेन-जी आन्दोलनको व्रmममा बौद्ध क्षेत्रको सडकमा सडक व्यवस्थापनका लागी राखिएका  ट्राफिक  सामग्री ट्राफिक  लाइट लगायतका सामाग्रीमा आगजनी र तोडफोडका कारण नष्ट भएको थियो । 

बाटोमा गुड्ने सवारीहरुको सहजता, दुर्घटना न्यूनीकरण र सचेतनाका लागि उक्त सामग्री प्रदान गरिएको श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले जानकारी गराएका छन् । उनले उक्त ट्राफिक व्यवस्थापन सामग्रीले ट्राफिक नियमको पालना गर्न सहयोग पुर्याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्याउने बिश्वास ब्यक्त गर्दै प्रदान गरिएको सामग्रीको उचित प्रयोग गर्न अनुरोध गरेका थिए ।   श्री बौद्धनाथ क्षेत्र विकास समितिले आगामी दिनमा पनि  प्रहरी वृत बौद्ध र ट्राफिक प्रहरी वृत बौद्ध संग हातेमालो गर्दै अघि वढने बताए ।


ट्राफिक प्रहरी वृत बौद्धका कार्यालय प्रमुख प्रहरी निरीक्षक शेखर जंग थापाले सहयोगको लागि धन्यवाद दिदै उक्त सामग्रीले सवारी दुर्घटना र त्यसबाट हुने क्षती न्यूनिकरणमा सहयोग पुग्ने  बिश्वास ब्यक्त गरेका थिए । जेन जी आन्दोलनको व्रmममा ट्राफिक  सामग्री ट्राफिक  लाइट लगायतका सामाग्रीमा आगजनी र तोडफोडका कारण नष्ट भएको हुदा ट्राफिक व्यवस्थापन गर्न असहज  हुदै आएको थियो ।

बिहिबार नै श्री बौद्धनाथ क्षेत्र विकास समितिले ट्राफिक प्रहरी वृत बौद्धमा सरुवा भइ आएका प्रहरी नायव उपरिक्षक सन्तोष रोका लाइ स्वगत समेत गरिएको थियो । उक्त कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक  मोहन कुमार तामाङ  श्री बौद्धनाथ  क्षेत्र विकास समितिका सदस्यहरु जानुका भण्डारी श्रेष्ठ, पशुपतिनाथ (श्याम) खतिवडा, सुरज लामा रूम्बा  सहित ट्राफिक प्रहरीहरुको उपस्थिति रहेको थियो

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार