काठमाडौँ । काठमाडौँको बासबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा राष्ट्रिय खेलाडीलाई निशुल्क स्वास्थ्य परीक्षण शुरू भएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलगायतको उपस्थितीमा मङ्गलबार निशुल्क स्वास्थ्य परीक्षणगर्ने त्रिपक्षिय सम्झौतापत्र सार्वजनिक गरिएको हो ।