पर्यटन र नागरिक उड्डयन क्षेत्र सुधारको लागि उच्चस्तरीय अध्ययन समिति बनाउँछौँः पर्यटनमन्त्री पाण्डे

दक्ष खबर 15672+ समाचार ( )
३१ भाद्र २०८१, सोमबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन र नागरिक उड्डयन क्षेत्र सुधारको लागि उच्चस्तरीय अध्ययन समिति बनाउने बताउनुभएको छ ।

सोमवार मन्त्रालयमा पत्रकारहरुसँगको छलफलमा मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले नागरिक उड्डयन र पर्यटन क्षेत्रको सुधार गर्न आवश्यक देखिएकाले उच्च अदालतमा पूर्वप्रमुख न्यायाधीशको संयोजकत्वमा समिति गठन भइसकेको बताउनु भयो । उहाँले प्राविधिक कारणले ढिलाई भइरहेको भन्दै चाँडै समितिको विषय मन्त्रीपरिषद्बाट पारित हुने बताउनु भयो । 

उहाँले उच्चस्तरीय पर्यटन सुधार समितिले नागरिक उड्डयन क्षेत्रमा अहिलेसम्म भएका अध्ययनहरुको पुनरावलोकन गर्ने बताउनु भयो । उहाँले पुराना अध्ययनको पुनरावलोकन मात्रै नभएर अहिलेको सिस्टमको पनि अध्ययन गरी सरकारलाई सुझाव दिने बताउनु भयो । उहाँले मन्त्रालयले पनि तारागाउँ विकास समितिका समस्या समाधानको लागि पनि  मन्त्रीस्तरीय अध्ययन समिति बनाउने बताउनु भयो ।

उहाँले उक्त समितिले पनि हातयात होटलसँग भइरहेका कामहरु ठिक बेठिकका सन्दर्भमा पनि अध्ययन गर्ने बताउनु भयो । उहाँले यस्ता अध्ययन समितिले विगतमा भएका अध्ययनहरुलाई समेत आधार बनाउँदै अहिलेको अध्ययन निचोडमा पुग्ने र मन्त्रालयको नेतृत्व परिवर्तन भएपनि अध्ययनले देखाएका कामहरु निरन्तर भइरहेने बतावारण बनाउने योजनामा मन्त्रालय रहेको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो,‘सरकारले नागरिक उड्डयन क्षेत्र सुधारको लागि उच्चस्तरीय अध्ययन समिति बनाउन लागेको छ । मन्त्रीपरिषद्मा प्रश्तुत भइसकेको छ । केही प्रक्रियाहरु पूरा गरेर चाँडै सार्वजनिक हुँदैछ । उच्च अदालतका पूर्वमुख्य न्यायाधीसको संयोजकत्वमा समिति गठन गरेका छौं । त्यो समितिले नागरिक उड्डयन क्षेत्रमा अहिलेसम्म भएका अध्ययनहरुको पुनरावलोकन गर्छ। अहिलेको सिस्टममा कही समस्या छ की भनेर अध्ययन गर्छ । सरकारलाई आवश्यक पर्ने सिफारिस दिन्छ ।

तारागाउँ विकास समितिमा पनि मन्त्रीस्तरी अध्ययन समिति बनाउँछ । उक्त समितिले पनि हातयात होटलसँग भइरहेका कामहरु ठिक बेठिकका सन्दर्भमा पनि अध्ययन गर्छ । यस्ता अध्ययन समितिले विगतमा भएका अध्ययनहरुलाई समेत आधार बनाउँदै अहिलेको अध्ययन निचोडमा पुग्ने र मन्त्रालयको नेतृत्व परिवर्तन भएपनि अध्ययनले देखाएका कामहरु निरन्तर भइरहने वातावारण बनाउँछांै ।

दुई वटा विमानस्थलहरु पूर्णरुपमा सुचारु गर्नको लागि दिने भनिएका सबै प्रकारका र सहुलियत दिने निर्णय भइसकेको छ । हवाई इन्धन र पर्यटन बोर्डले लिने शुल्क लगायतमा निर्णय भइसकेको छ । टिकटमा लागेको भ्याटको सन्दर्भमा बजेटमा समावेश भएर आएकाले अब के गर्न सकिन्छ भन्ने सन्र्दभमा अर्थमन्त्रीले छलफल गरिरहनु भएको छ ।’

उहाँले भैरहवाको गौतमबुद्ध  र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सूचारु गर्नको लागि दिने भनिएका सबै प्रकारका र सहुलियत दिने निर्णय भइसकेको बताउनु भयो । उहाँले हवाई इन्धन उद्योग मन्त्रालय र पर्यटन बोर्डले लिने शुल्क लगायतमा निर्णय भइसकेको भन्दै चाँडै सबै प्रक्रिया पूरा हुने बताउनु भयो । उहाँले टिकटमा लागेको भ्याटको सन्दर्भमा बजेटमा समावेश भएर आएकाले अब के गर्न सकिन्छ भन्ने सन्र्दभमा अर्थमन्त्रीले छलफल गरिरहनुभएको बताउनु भयो । 


 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार