काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुबाट २०८० सालको एसईई परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ५४५ जना (१३.७७%) विद्यार्थीले ३.६१ देखि ४ जीपीए प्राप्त गरेको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिनुभएकाे छ । गएको बर्ष १५० जना (३.८३%) विद्यार्थीले यो नतिजा प्राप्त गरेका थिए । यसरी हेर्दा गएको बर्षभन्दा यसमा बर्ष २५९% सुधार आएको छ ।

५८ वटा सामुदायिक विद्यालयबाट यस बर्ष ३ हजार ९५९ जना विद्यार्थीले परीक्षाका लागि आवेदन दिएका थिए । कुल परीक्षार्थीमध्ये ३ हजार ८६ जना (७८%) उत्तीर्ण भएका छन् । ८७३ जना (२२%) ले पुनः परीक्षा दिनुपर्ने भएको छ । गएको बर्ष ३ हजार ९१२ जना आवेदक थिए ।
झाकाअनुसार ३.६० देखि ३.२१ सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या यस वर्ष १ हजार ५० जना (२६.५२%) छ । गएको बर्ष यो संख्या ४८८ जना (१२.४५ %) थियो । यो समूहमा गएको बर्षभन्दा यस बर्ष ११३% ले नतिजा वृद्धि भएको छ । यसमा नतिजा बढ्ने क्रममा छ ।
३.२० देखि २.८१ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या यस बर्ष १ हजार ८० जना (२७.२८%) छ । गएको बर्ष ८०९ जना (२०.६३%) थियो । यस बर्ष गएको बर्षभन्दा ३२ प्रतिशत संख्या वृद्धि भएको छ । यस्तै २.८० देखि २.४१ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या यस बर्ष ३९५ जना (९.९८%) छ ।
यसमा गएको बर्ष ९८२ जना (२५.०४ %) थियो । यस्तै २.४० देखि २.०१ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या यस बर्ष १६ जना (०.४०%) छ । गएको बर्ष यो संख्या ९२३ जना (२३.५४%) थियो । यो नतिजाले कम संख्या ल्याउने विद्यार्थीको संख्या घटिरहेको र धेरै अङ्क ल्याउने विद्यार्थीको संख्या बढिरहेको देखाउँछ, झाको भनाइ छ ।
२ र त्यसभन्दा तल जीपीए ल्याउने विद्यार्थीको सख्या ८७३ छ । यो २२.०५% हो । गएको बर्ष यस समूहमा ५६९ जना अर्थात् १४.५२ प्रतिशत विद्यार्थी थिए ।