काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले निम्त्याएको यस विपद्को समयमा विपक्षी दलका नेताले सरकारलाई सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले केहीबेरअघि बोलाउनुभएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा बोल्नुहुँदै प्रतिनिधिसभामा विपक्षी दलका नेता भिष्मराज आङ्दाम्वेले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।
उहाँले सरकारले तत्कालै क्रियाशीलता देखाएकोमा धन्यवाद व्यक्त गर्नुहुँदै पक्ष(विपक्षभन्दा पनि संकटको घडीमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा बाढीले अहिलेसम्म पुर्याएको क्षतिको विवरणबारे ब्रिफिङ गरिएको थियो। प्रधानमन्त्री शाहले उद्धार तथा राहत कार्यमा सक्रिय भएर जुट्न पनि सरोकारवाला सबैलाई निर्देशन दिनुभयो।