काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी) नियुक्त हुनु भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले उहाँलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।

फिल्म निर्देशक, अभिनेता तथा संचारकर्मी समेत रहनुभएका डीसी सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत रहनुभएको छ ।
उहाँ टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माता र प्रस्तोताको रुपमा समेत चर्चित रहनुभएको छ । सन् १९९७ मा रिलिज भएको फिल्म ‘सुनचाँदी’बाट उहाँले चलचित्र अभिनयमा डेब्यु गर्नुभएको थियो ।
चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत रहनुभएका डीसी फिल्म वृत्तमा सक्रिय फिल्ममेकर समेत रहनु भएको छ ।
चलचित्र विकास बोर्डको अध्यक्षको रुपमा आवेदन दिँदै उहाँले फिल्म बजार विस्तार गर्ने, बक्सअफिसलाई सुचारु गर्ने, नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा कार्य गर्ने बताउनु भएको थियो ।
निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त भएको थियो ।