काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज शोक विदा दिएको छ ।
काठमाडौँ नगरपालिकालाई संवत् २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा गर्नु हुने पूर्व प्रमुख पिएल सिंहको निधनले काठमाडौँ महानगरपालिकाले आज शोक विदा आज विहान निजी निवासमा असामियक निधन भएकोले शोक विदा दिएको हो ।
प्रमुखका रुपमा काठमाडौँ महानगरपालिकामा रहँदा र समाज सेवामा सक्रिय हुँदा उहाँले पुर्याउनु भएको योगदानको उच्च सम्मान गर्दै आज पुस १ गते अत्यावश्यक सेवाबाहेक काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक विदा रहने महानगरपालिकाले जनाएको छ ।