'नेपाल वायुसेवा निगमको भ्रष्टाचार प्रकरणमा छानबिन सुरु'

दक्ष खबर 17388+ समाचार ( )
६ फाल्गुन २०८२, शनिबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङले नेपाल वायुसेवा निगमभित्र देखिएको बेथिति तथा भ्रष्टाचारका विषयमा औपचारिक छानबिन सुरु भएको बताएका छन् ।

गुरुङले शनिबार सामाजिक सञ्जालमा ज्ञापनपत्र बुझाएको फोटो सार्वजानिक गर्दै मन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिएका हुन् ।उनले जहाज खरिददेखि मर्मतसम्म भएका अनियमितताविरुद्ध प्रमाणसहित पहल गरिएपछि सरकारले तत्काल कदम चालेको उल्लेख गरेका छन् ।

उनका अनुसार अब वर्षौंदेखि थन्किएका फाइलहरू खोलिने छन् र छानबिन समितिले प्रमाण संकलन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्नेछ । उक्त प्रतिवेदनका आधारमा भ्रष्टाचारमा संलग्नमाथि कडा कानुनी कारबाही अघि बढाइने उनले बताएका छन् ।

गुरुङले राष्ट्रिय ध्वजाबाहक संस्थालाई कमजोर बनाउने प्रवृत्तिविरुद्ध खबरदारी जारी रहने उल्लेख गर्दै सुशासनको लडाइँ अझ सशक्त बनाइने बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार