काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डिपी अर्यालले पार्टी परित्याग गर्ने भएका छन्। अर्याल सभामुख बन्ने सहमति भएसँगै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग हुन लागेका हुन्।
संवैधानिक व्यवस्थाअनुसार सभामुख पद धारण गरेपछि कुनै पनि दलसँग आबद्ध रहन नपाइने भएकाले अर्यालले साधारण सदस्यसमेत परित्याग गर्नुपर्ने भएको हो।
सरकार गठनको प्रारम्भिक चरणमै गृहमन्त्रीका बलिया दाबेदारका रूपमा रहेका अर्याललाई अन्ततः सभामुख बनाउने सहमति सत्ता गठबन्धनबीच भएको हो। यसैबीच, सभामुख चयनका लागि प्रतिनिधिसभामा चैत २२ गते निर्वाचन गर्ने तयारी अघि बढाइएको छ। अर्याल निर्विरोध निर्वाचित हुने छन्।