पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता साउनको अन्तिम साता हुने

दक्ष खबर 2558+ समाचार ( )
१८ श्रावण २०८०, बिहीबार
काठमाडौँ । पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता साउनको अन्तिम साता हुने भएको छ ।  नेपाल स्क्वास र्याकेट संघको आयोजनामा आगामी साउन २१ देखि २७ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो ।

उक्त प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित आयोजक नेपाल स्क्वास र्याकेट संघको भवनमा हुनेछ । बिहीवार आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिता इभेन्ट म्यानेजमेण्ट ललितपुर र प्याट्रियस इन्टरनेसनल प्रालिसँगको सहकार्यमा हुने आयोजकले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेप र नेपाल ओलम्पिक कमिटी एनओसीबाट मान्यता प्राप्त यो प्रतियोगिताको मुख्य प्रायोजन धनलक्ष्मी फाउण्डेसनले गरेको छ ।

संघका निःवर्तमान अध्यक्ष किशोर महर्जनकी स्वर्गीय आमा धनलक्ष्मीको सम्झनामा प्रतियोगिता हुन लागेको हो । यस प्रतियोगिताको लागि प्रायोजकबाट दुई लाख रुपैयाँ नगद पुरस्कारको व्यवस्था हुने र यो रकम नेपाली स्क्वासको घरेलु प्रतियोगितामा अहिलेसम्मकै सर्वाधिक रहेको आयोजकको भनाइ छ । प्रतियोगितामा देशभरबाट एक सयभन्दा बढी खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । १५ जना अफिसियल यस प्रतियोगितामा सहभागी हुने आयोजकको भनाइ छ ।

प्रतियोगितामा खुला महिला÷पुरुष, पुरुष यु–१९, मास्टर खुला पुरुष ५० तथा सो वर्षभन्दा माथि र सेट च्याम्पियनसिप गरी पाँच विधा समावेश गरिएको छ । खुला महिला-पुरुष दुवै तर्फका शीर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः २० हजार, १५ हजार र ५र५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यु–१९ मा शीर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः ११ हजार, ६ हजार र ३-३ हजार प्रदान गरिनेछ ।

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार