
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ मा ३२४ वर्ष पुरानो 'ग्वल: दे फल्चा' निर्माणका लागि शिलान्यास गरिएको छ ।
कामपा ८ जयवागेश्वरी नवाली टोलमा ३२४ वर्ष पुरानो 'ग्वल: दे फल्चा' निर्माणका लागि वडा अध्यक्ष आशामान संगतले आज शिलान्यास गर्नुभएको हो ।
काठमाडौँ महानगरपालिका वडा ८ मा रहेको ३२४ वर्ष पुरानो नेपाल संवत् ८२० मा निर्माण भएको फल्चाको पुनः निर्माण नेपाल संगत् ८७३ मा भएको शिलापत्रमा उल्लेखित रहेको काठमाडौँ महानगरपालिकाका सम्पदा तथा पर्यटन समिति संयोजक एवं वडा ८ का वडा अध्यक्ष आशामान संगतले जानकारी दिनुभयो ।
उहाँले हाल काठमाडौँ महानगरपालिका वडा ८ ले विभिन्न ठाउँमा लोपोन्मुख अवस्थामा रहेको कुवा, इनार, फल्चा, धारा लगायतका विभिन्न सांस्कृतिक एवं ऐतिहासिक सम्पदाहरूको खोजी सहित उत्खनन गरिरहेको संगतले बताउनुभयो
त्यस्तै, वडा अध्यक्ष संगतले उक्त कुराको पुरातत्त्व विभागलाई समेत जानकारी दिईएको र उक्त फल्चाको रेकर्ड समेत पुरातत्त्वमा नरहेको उहाँले बताउनुभयो ।
स्थानीयका अनुसार उक्त फल्चा ९० सालको भुकम्पभन्दा अगाडिसम्म रहेको बताइएको छ ।