रास्वपा र राप्रपाको अवरोधकैबीच अघि बढ्यो संसद्

दक्ष खबर 16456+ समाचार ( )
३१ जेठ २०८२, शुक्रबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधकैबीच प्रतिनिधिसभाको बैठक अघि बढेको छ ।

रास्वपा र राप्रपाका सांसदहरूले संसदमै नाराबाजी गरिरहँदा पनि संसदलाई  सभामुखले एकहोरो अगाडि बढाएका छन् । 

सभामुख घिमिरेले सुरुमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्‌न समय दिए ।

पाण्डेले बोल्‌दैगर्दा रास्वपा र राप्रपाका नेताहरूले टेबुल ठोकेर विरोध गरे । यद्यपि पाण्डेले आफ्‌ना कुरा राखिरहे ।

लगत्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई समय दिइयो । लिङ्देन बोल्‌दा भने रास्वपाले अवरोध गरेन । तर मनिष झा बोलिसकेपछि रास्वपाका सांसद उठेरै ‘गृहमन्त्री राजीनामा दे’ भन्दै नाराबाजी गरिरहेका छन् तर अहिले  गृहमन्त्री रोष्ट्रममा गएर सम्बोधन गरिरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार