रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार

दक्ष खबर 15668+ समाचार ( )
१० श्रावण २०८२, शुक्रबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । 

भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् ।  

शुक्रबार सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए ।

दुवै दलका सांसदहरूले आफ्‌नो कुरा राखेपछि दुवै पार्टीका सांसदहरू संसद बैठक बहिस्कार गरेर बाहिरिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार