कैलाशकुट बहुमुखी क्याम्पसको विशेष क्याम्पस सभा सम्पन्न, अध्यक्षमा निलाम्बर बडाल
१८ मंसिर
२०८२, शनिबार
काठमाडौँ । कैलाशकुट बहुमुखी क्याम्पसको विशेष क्याम्पस सभाले नयाँ पदाधिकारीहरू चयन गरेको छ । शनिबार सम्पन्न क्याम्पसको क्याम्पस सभाबाट अध्यक्षमा निलाम्बर बडाल सहित १० जना सदस्यहरू चयन गरिएको हो ।
सदस्यहरूमा भरत विक्रम वि.सी, डा.ओम कृष्ण प्रसाईं, राम प्रसाद अधिकारी, राम प्रसाद गौतम, नारायण प्रसाद पौडेल, देवीप्रसाद ढुंगाना, बसन्त शर्मा, श्री राम सत्याल, शुभलक्ष्मी कोइराला र दुर्गादेवी राय निर्वाचन हुनुभएको हाे ।
त्यस्तै, पदेन सदस्यहरूमा कामपा ८ का वडाअध्यक्ष आशामान संगत, प्राध्यापक संघ ईकाई समितिका अध्यक्ष शिवहरी बगाले र स्वतन्त्र विद्यार्थी युनियनका सभापति मुरारी गौतम 'सुवर्ण' र क्याम्पस प्रमुख डा. शोभा ढुंगाना सदस्य सचिव रहने ब्यवस्था रहेकाे छ ।
नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै कामपा वडा ८ का वडाअध्यक्ष आशामान संगतले," निर्वाचन भएर आएपछि आफ्नो जिम्मेवारी बहन गर्न सधैं तत्पर रहन आग्रह गर्नुभयो ।"
उहाँले, मतको घमण्ड नगर्दै शैक्षिक क्षेत्रलाई उन्नयनका लागि अगाडि बढाउनुको विकल्प नरहेको बताउनुभयो । 'विद्यार्थीको संख्या बढाउँदै, विद्यार्थीको हक हितका लागि महत्त्वपूर्ण जिम्मेवारी बहन गर्न उहाँले आग्रह गर्नुभयो ।'
नवनिर्वाचित अध्यक्ष निलाम्बर बडालले, "संस्थाको विषम अवस्थाबाट आगामी नयाँ बाटो तय गर्न आफु तत्पर रहने बताउनुभयो ।" उहाँले, आफु स्थानीय टोलको ब्यक्ति भएकाले आफुले टोलमा स्थापित संस्थालाई संरक्षण गर्दै आगामी दिनमा सबैले हातमा हात र साथमा साथ सहित अगाडि बढ्न मद्दत पुग्ने बताउनुभयो ।
त्यस्तै, संस्थापक क्याम्पस प्रमुख श्याम बहादुर श्रेष्ठले, "शैक्षिक संस्थामा राजनीतिभन्दा पनि शैक्षिक क्रियाकलापलाई अग्रगामी रूपमा अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।" उहाँले विधान संशोधनको प्रस्तावलाई अगाडि बढाउँदै यसलाई सहि दिशामा अगाडि बढाउन नवनिर्वाचित पदाधिकारीहरूलाई आग्रह गर्नुभयो ।
सभापति मुरारी गौतम 'सुवर्ण'ले,'स्थानीय र विद्यार्थीहरू सँग सहकार्य गर्दै क्याम्पसकाे उन्रयनका लागी सधैँ समन्वय गर्दै अगाडी बढ्ने बताउनुभयाे ।'
नवनिर्वाचित अध्यक्ष बडाल जयवागेश्वरी युवा क्लबको पूर्व अध्यक्ष समेत रहनुभएको छ । उहाँ विभिन्न संघसंस्थाहरूमा रहेर काम गरिसक्नुभएका ब्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । कार्यक्रममा जयवागेश्वरी युवा क्लबले नवनिर्वाचित पदाधिकारीहरूलाई बदाई ज्ञापन समेत गरेको थियो ।