काठमाडौं महानगरपालिकाद्वारा हनुमानढोका परिसर भित्र सवारी साधनहरु प्रवेशमा निषेध

दक्ष खबर 16456+ समाचार ( )
१९ आषाढ २०८०, मङ्गलबार

काठमाडौँ । काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसर भित्र सवारी साधनहरु प्रवेशमा निषेध गरेको छ ।

काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एक स्टाटस सार्वजनिक गर्दै हनुमानढोका परिसर भित्र सवारी साधनहरु प्रवेशमा निषेध गरिएको जानकारी गराउँनुभयो ।

उहाँले सामाजिक सञ्जालमा, "काठमाडौँ मुख्यरुपमा प्राचिन र ऐतिहासिक कालीगढीको उदाहरण हो । काठमाडौको पहिचान भनेकै यहाँका सम्पदाहरु हुन् । विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायीकता अंगाल्न सक्ने भनेकै यीनै सम्पदा र यीनको प्राचीन मौलिकता पनि हुन् । यहि हेर्न, अनुभव गर्न र रमाउन लाखौँ पर्यटकहरु आउन सक्छन् ।

वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँ दिनमा हजारौँ पर्यटकहरु आउने र लाखौँ आउन सक्ने सम्भावना छ । यीनीहरुको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक छ । 

यसैले हनुमानढोका परिसर भित्र सवारी साधनहरुलाई निषेध गरिएको छ ।" लेख्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार