जुम्ला । जुम्ला बहुमुखी क्याम्पसमा स्ववियु चुनाव समापन छ । आज भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा कुल मत ३१८ अर्थात् ९५.२१ प्रतिशत मतदान भएको हो ।
जसमा १५२ महिला र १६६ पुरुष समावेश रहेको निर्वाचन अधिकृत पदम बहादुर शाहिले बताउनुभयो । उहाँले जम्मा ३३४ मतदाता मध्ये ३१८ जनाले मतदान गरेको र १६ जना मतदाता मतदान प्रक्रिया सहभागी नभएको बताउनुभयो ।
उहाँले निर्वाचन शान्त रूपमा सकिएको बताउनुभयो । मतगणनाको लागि आवश्यक तयारी पश्चात् सुचारु गरिने शाहिले बताउनुभयो ।
उक्त क्याम्पसमा नेविसंघबाट अध्यक्षको उम्मेदवार खेमराज आचार्य, अनेरास्ववियुबाट लाेकेन्द वुढा, अखिल क्रान्तिकारीबाट जयकृष्ण जैसि र अनेरास्ववियुबाट लक्ष्मण सुनार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।