काठमाडौँ । आईएसओ सर्टिफाइड लुम्बिनी एकेडेमीक कलेजका विद्यार्थीहरूले कक्षा १२ मा उत्कृष्ट नतिजा सहित उत्तिर्ण गरेका छन् ।
काठमाडौँको चुच्चेपाटिमा अवस्थित लुम्बिनी एकेडेमीक कलेजका विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गरेका हुन ।
शैक्षिक क्षेत्रमा पहिचान बनाउँदै गरेको लुम्बिनी एकेडेमीक कलेजबाट कक्षा १२ को परीक्षामा सहभागी ३२७ जना विद्यार्थी मध्ये ५१ जनाले 'ए प्लस', १७३ जनाले 'ए', ९८ जनाले 'बि प्लस' तथा ५ जनाले 'बि' ल्याएको लुम्बिनी एकेडेमी कलेजका प्रेन्सिपल रविन भट्टराईले जानकारी दिनुभयो ।
उहाँले कलेजका कक्षा १२ उत्तिर्ण विद्यार्थी सहित राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीहरूलाई बदाई तथा आगामी दिनका लागि उज्ज्वल भविष्यको कामना गर्नुभयो ।
लुम्बिनी एकेडेमीक कलेजले कक्षा ११/१२ सहित स्नातक तहमा विभिन्न विषयहरू अध्ययन अध्यापन गराउँदै आइरहेको छ । उक्त कलेजले विद्यार्थीहरूलाई जिवनोपयोगि तथा सिपमुलक शिक्षा अध्ययन अध्यापन गराउँदै आईरहेको छ ।