मुख्यमन्त्री सरोज कुमार यादवले दिए राजिनामा

दक्ष खबर 16518+ समाचार ( )
१७ मंसिर २०८२, बुधवार

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजिनामा दिएका छन् । बुधबार (आज) मधेश प्रदेश सभाको बैठकमा विश्वासको मत लिने भनिएकोमा उनले आफ्नो धारणा राख्दै राजिनामा दिएको घोषणा गरेका छन् ।

विश्वासको मत पाउने नदेखिएपछि उनले बैठकमा विश्वासको मत लिनु अघि नै राजिनामा दिएका छन् । मुख्यमन्त्री यादवले धारणा राखिरह्दा ७ राजनितिक दलका सांसदहरु बैठकबाट बाहिरिएका थिए ।

उनले आफ्नो धारणामा ७ राजनितिक दलको आलोचना गरेका थिए । उनले आफू मुख्यमन्त्री भएदेखि ७ राजिनितिक दलले गरेको क्रियाकलापलाई असंविधानिक, अराजक र अशोभनीय रहेको बताए । उनले आजै आफ्नो राजिनामा पत्र प्रदेश प्रमुख कार्यालयमा बुझाउने जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार