कामपा २७ का विभिन्न संरचनाहरूको वडाअध्यक्षहरूबाट समुद्घाटन (तस्बिरसहित)

दक्ष खबर 15668+ समाचार ( )
१५ मंसिर २०८२, सोमबार

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा २७ को विभिन्न संरचनाहरूको समुद्घाटन गरिएको छ । आज भोटाहिटिकाे कलश गेट, असन परिसरमा रहेको गणेश मन्दिर, नारायण मन्दिर, उमामहेश्वर मन्दिर, यिताचपा: सहितको डवलीको समुद्घाटन गरिएको हो  । 

सोमबार आयोजित एक समारोहबिच काठमाडौँ महानगरपालिका वडा २७ का वडाअध्यक्ष योगेश कुमार खड्की, काठमाडौँ महानगरपालिकाका प्रवक्ता एवं १७ वडाका वडाअध्यक्ष नविन मानन्धर, काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं वडा ८ का वडाअध्यक्ष आशामान संगत, कामपा वडा १२ वडाअध्यक्ष बालकृष्ण महर्जन, काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन विभागका  विभागीय प्रमुख कुमारी राई, वडा २७ का वडासदस्यहरू सृष्टि कांसाकार तुलाधर, दिनेश श्रेष्ठ, धर्म प्रजापति, प्रभा परियार लगायतले समुद्घाटन गर्नुभएको हो ।


कार्यक्रममा बोल्दै कामपा २७ का वडाअध्यक्ष योगेश कुमार खड्गीले," समाज संस्कार र संस्कृतिले नै हाम्रो आफ्नो पहिचान झल्काउने बताउदैँ सबैभन्दा पुरानो असन क्षेत्रको इतिहासलाई पुर्नताजकि गरिएको बताउनुभयो ।"  उहाँले, विभिन्न समयमा भग्नावशेषका रूपमा रहेको यिनै संरचनाहरूले आफ्नो अस्तित्वलाई आत्मसात गर्दै अगाडि बढिरहेको बताउनुभयो । 

त्यस्तै, काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले,"सम्पदाको संरक्षण र अस्तित्व कायम गर्नु आजको अपरिहार्यता रहेको बताउनुभयो । " उहाँले, समाजमा रहेका सबै कुरा असन भोटाहिटिको इतिहास सँग जोडिएको बताउनुभयो ।

त्यस्तै, काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं वडा ८ का वडाअध्यक्ष आशामान संगतले, " काठमाडौँ महानगरपालिका ऐतिहासिक सम्पदाहरूको संरक्षण सँगसँगै सम्पदाको पहिचान गर्ने गरि अगाडि बढिरहेको बताउनुभयो ।" उहाँले, सम्पदाको ऐतिहासिकता जोगाउनु आजको दायित्व मात्र नभएकाले पुस्तौँ पुस्ताका लागि समेत यसको आवश्यकता र महत्त्व अपरिहार्य जस्तै भएको बताउनुभयो ।


वडाअध्यक्ष संगतले, सम्पदा क्षेत्रको संरक्षण सँगसँगै पुरानो असन भोटाहिटि क्षेत्रका स्थानीयहरूलाई आफ्नो ठाउँको इतिहास जोगाउँदै अन्यत्र बस्न जाने होइन, आफ्नो ठाउँमा बसेर आफैंले ऐतिहासिक बस्तुहरूको संरक्षणमा पहल गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा विभिन्न क्षेत्र सँग सम्बन्धित ब्यक्तित्व सहित स्थानीय बाजागाजा, गुठि खल: पुच:हरूको उल्लेख सहभागीता रहेको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार