झापामा १५ दिने पुस्तक मेला शुरु

दक्ष खबर 12262+ समाचार ( )
८ अशोज २०८१, मङ्गलबार

काठमाडाैँ । झापाको बिर्तामोडमा १५ दिने किताव मेला शुरु भएको छ ।

सोमवारबाट शुरु भएको किताव मेला आगामी असोज २३ गतेसम्म चल्ने मेला आयोजक संस्थाहरूमध्ये वीरता रिडर्सका संयोजक तीर्थ सिग्देलले जानकारी दिनुभयो । मेलामा विभिन्न विधानका कितावहरू राखिएको छ ।

झापाली साहित्यकारहरूले रचना गरेका कितावहरूको छुट्टै स्टल राखिएको छ । वर्तमान अवस्थामा मानिसहरूमा किताव पढ्ने बानी हराउँदै गएकाले पढ्ने संस्कृतिको विकास गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको सिग्देलले जानकारी दिनुभयो ।

मेलाले घरघरमा पठन संस्कृतिको विकास गर्नका लागि मिनी लाइब्रेरी स्थापना गर्न प्रेरित गर्न सहयोग मिल्ने सिग्देलको भनाइ छ । उहाँले दशैँमा आफन्तजनलाई किताव उपहार दिने प्रचलन विकास गर्नु मेलाको उद्देश्य रहेको पनि बताउनु भयो । 

दशैँमा पुस्तक उपहार दिइयो भने त्यसले छुट्टै महत्व राख्ने आयोजक संस्थाहरूको धारणा छ । मेला अवधिभर विभिन्न साहित्यसम्बन्धी अन्तरसंवादका कार्यक्रमहरू आयोजना गरिने जनाइएको छ । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार