मध्यपुर थिमि नगरपालिका र आकार मेन्टल हेल्थको सहकार्यमा मानसिक स्वस्थ्य परामर्श कार्यक्रममा सम्पन्न

दक्ष खबर 15668+ समाचार ( )
४ मंसिर २०८०, बुधवार



काठमाडौं । मध्यपुर थिमि नगरपालिका र आकार मेन्टल हेल्थ काउन्सेलिङले संयुक्त रुपमा तीनदिने मानसिक स्वस्थ्य परामर्श कार्यक्रममा सम्पन्न गरेको छ । 

आज सम्पन्न कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाले मानसिक स्वस्थ्यका क्षेत्रमा परामर्श र सचेतनाका कार्यक्रमलाई प्राथमिकता दिने जनाएको हो । 

नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले सबल र सक्षम जीवन जिउँन र समस्या व्यवस्थापनका लागि मानसिक स्वास्थ्य आवश्यक रहेको बताउदैँ यसमा प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो । 

उहाँले मानसिक रोग समाधनका अवधारणाहरुले सबैले अवलम्बन गर्न आवश्यक रहेको बताउनुभयो । 

तीनदिने मानसिक स्वस्थ्य परामर्श कार्यक्रममा नगरपालिकाका स्वस्थ्य विभागका कर्मचारी, शिक्षक, स्थानीय बासिन्दा लगायतको सहभागिता रहेको छ ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार