काठमाडौं । लायन्स क्लब्स अन्तर्राष्ट्रिय अन्तर्गतको डिस्टृक्ट ३२५ एफ का नवनिर्वाचित गभर्नर शिव कुमार कटवालले साउन १० गते बिहान एक समारोह बीच गभर्नरको पदभार ग्रहण गर्नुभएको छ । गभर्नर कटवाललाई यस अघिका डिस्टृक्ट गभर्नर डाक्टर राजेन्द्र गिरीले डिस्टृक्टको मुख्यालय बुद्धनगरमा आयोजित संक्षिप्त समारोहमा सो पदभार हस्तान्तरण गर्नुभएको हो।

पदभार ग्रहण गर्दै आफ्नो मन्तव्यमा गभर्नर कटवालले आफूलाई लायन्स डिस्टृक्ट ३२५ एफ को गभर्नर पदमा निर्वाचित गराइ लायन्सको ब्रान्ड मातहत रही समाजका सबैखाले लाभार्थी को निम्ति सेवाकार्यको नेतृत्व गर्ने अवसर प्रदान गरेकोमा संबंधित सबैलाई धन्यवाद दिनुभयो ।
आफ्नो कार्यकालमा डिस्टृक्ट एफ लाई संपूर्ण रूपमा एक नंबर बनाउनेतर्फ आफू लक्षित रहेकोे बताउँदै गभर्नर कटवालले त्यस कार्यमा सबैको सहयोगको निम्ति आव्हान पनि गर्नुभयो ।
उहाँले अध्ययनमा अब्बल तर आर्थिक असक्षमता भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले लायन्स छात्रवृत्ति कोष खडा गरिएको उल्लेख गर्दै उक्त कोषमा बढी भन्दा बढी आर्थिक योगदानको निम्ति लायन लिडरहरुलाई आग्रह पनि गर्नुभयो । त्यस मार्फत लायन्स क्लबलाई आम जनमानसमा अझ बढी लोककल्याणकारी कार्य केन्द्रित अन्तर्राष्ट्रिय संगठनको पहिचान बनाउन सहयोग पुग्ने तर्क गर्नुभयो ।
आफूले सम्हाल्दै आएको डिस्टृक्ट गभर्नरको पद हस्तान्तरण गर्दै लायन वर्ष २०२२/२३ का गभर्नर डाक्टर राजेन्द्र गिरीले डिस्टृक्ट एफ को पहिलो गभर्नरको रूपमा आफ्नो कार्यकाल चुनौतीपूर्ण रहेतापनी डिस्टृक्टका संपूर्ण अग्रज लायन लिडर र आम लायन सदस्य साथीहरूको सहयोगमा ती चुनौतीहरुको सामना गर्दै समाजका लाभार्थी सम्म लायन्सको सेवा प्रवाह गर्न सफल भएको बताउनुभयो ।
केही वर्ष अघि देखि नैं त्रिभुवन बिश्वबिद्यालयसंगको सहकार्यमा लायन्स क्लबले निर्माण सुरु गरेको लायन्स ब्लड बैंक निर्माणकार्यले आफ्नो कार्यकालमा थप गति लिएको बताउँदै पूर्व गभर्नर डा गिरीले आगामी दिनमा सो कार्यले थप उपलब्धि हाँसिल गर्ने बिश्वास ब्यक्त गर्नुभयो । डाक्टर गिरीले भन्नुभयो ," नव पदस्थापित गभर्नर शिव कुमार कटवालको कार्यक्रम संपूर्ण लायनहरुको कार्यक्रम हुने र त्यसलाई ऐतिहासिक रूपमा सफल बनाउनु स्बै तहका लायनहरुको जिम्मेवारी हो।"
सो पदभार हस्तान्तरण एवम् ग्रहण समारोहमा लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिस्टृक्ट ३२५ का पूर्व गभर्नरद्वय मधुकर उपाध्याय र रुद्रहरी ज्ञवालीको पनि उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा डिस्टृक्ट ३२५ एफ का द्वितीय गभर्नर केशर बहादुर भण्डारी, सेक्रेटरी मनोज आचार्य, ट्रेजरर भुवन नेपाल, प्रमुख सल्लाहकार प्रणिता शर्मा बराल लगायत लायन लिडरहरु ईन्द्र बहादुर कार्की, बिमल पौडेल, राजन थापा, बिनोद सुवेदी, भरत प्रसाईं, मोहन लम्साल, गणेश के सी,निमी शर्मा, सबिन खनाल र अन्य विभिन्न लायन लिडरहरुको उपस्थिति थियो।
लायन्सका नेता मधुकर उपाध्यायले दक्षखवर संग कुरा गर्दै लायन्स क्लबको सबै तहमा प्रत्येक बर्ष जुलाइ १ देखि अनिवार्य नेतृत्व परिवर्तन गरिने पद्धति भएकोले अन्य सामाजिक संगठन र राजनीतिक दलले नेतृत्व परिवर्तनको सम्बन्धमा लायन्स क्लबबाट धेरै कुरा सिक्न सक्ने बताउनुभयो ।
नव पदस्थापित गभर्नर शिव कुमार कटवाललाई धेरै धेरै बधाई र शुभकामना !