खस्कियो कक्षा १२ को नतिजा !

दक्ष खबर 5832+ समाचार ( )
८ चैत्र २०७९, बुधवार

काठमाडौँ । कक्षा १२ को परीक्षा दिएका मध्ये ५७ हजार ६१० जनाले यसै वर्ष स्नातक तहको अध्ययन गर्न नपाउने भएका छन् । उनीहरू ग्रेडवृद्धिसम्बन्धी परीक्षामा पनि सहभागी हुन पाउने छैनन् ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको यस वर्षको कक्षा १२ को नतिजाअनुसार एक लाख ८८ हजार ४२१ जनाको नतिजा अवर्गीकृत अर्थात् ननग्रेडेडमा परेको छ । गत मङ्सिरबाट लागू गरिएको लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा नयाँ पाठ्यक्रम कार्यान्वयनमा आएका तहमा न्यूनतम ३५ प्रतिशत नल्याउनेलाई अवर्गीकृतमा समावेश गर्ने व्यवस्था छ ।

अक्षराङ्कन पद्धति कार्यान्वयनमा आइसकेपछि अनुत्तीर्णको व्यवस्था नहुँदा नतिजा खस्किएको भन्दै सर्वत्र विरोध भएपछि त्यसलाई रोक्न यस्तो व्यवस्था गरिएको हो। अवर्गीकृत नामकरण गरिए पनि यो अनुत्तीर्ण नै हो ।

शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार अवर्गीकृत समूहमा परेकामध्ये एक लाख ३० हजार आठ सय जना ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । यस्तो परीक्षामा सहभागी भएर सबै विषयमा न्यूनतम ३५ अङ्क प्राप्त गर्न सके मात्र स्नातक तहमा भर्नाका लागि योग्य मानिन्छन् । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १२) कृष्णप्रसाद शर्माका अनुसार अन्य सबै विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा ननग्रेडेड अर्थात् अवर्गीकृत स्तरमा मूल्याङ्कन भएकाहरू ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।

नयाँ निर्देशिकाअनुसार विद्यार्थीको प्राप्ताङ्कअनुसार आठवटा ग्रेडमा वर्गीकरण गरिएको छ । जसअनुसार जीपीए ३.६१ देखि चार ल्याउने विद्यार्थी सङ्ख्या चार हजार १७९ छन् । ९० र सोभन्दा माथि ल्याएका विद्यार्थीलाई यो ग्रेड दिइएको छ । जसलाई बोर्डले सर्वोत्तम ग्रेडका रूपमा परिभाषा गरेको छ ।

त्यस्तै ८० र सोभन्दा माथि तर ९० भन्दा कम ल्याउनेलाई ३.२१ देखि ३.६० जीपीए दिइएको छ। जसलाई अति उत्तम मानिएको छ। यो समूहका ३० हजार १०७ परीक्षार्थी छन् ।

७० र सोभन्दा माथि तर ८० भन्दा कम ल्याउनेलाई २.८१ देखि ३.२० जीपीए दिइएको छ । यो समूहका परीक्षार्थी ६५ हजार २८४ जना छन् । त्यस्तै ६० र सोभन्दा माथि तर ७० भन्दा कम ल्याउनेलाई २.४१ देखि २.८० जीपीए दिइएको छ । यस समूहका परीक्षार्थी ६४ हजार ९३ छन् । ५० र सोभन्दा बढी तर ६० भन्दा कम ल्याउनेलाई २.४१ देखि २.८० जीपीए दिइएको छ ।

यो समूहका विद्यार्थी ६४ हजार ९३ छन्। ४० र सोभन्दा बढी तर ५० भन्दा कम ल्याउनेलाई २.०१ देखि २.४० जीपीए दिइएको छ । यो समूहका विद्यार्थी १० हजार नौ सय छन्। ३५ र सोभन्दा माथि तर ४० भन्दा कम ल्याउनेलाई १.६१ देखि २.० जीपीए दिइएको छ । यो समूहका विद्यार्थी ३५ जना मात्रै छन् । बोर्डले गरेको वर्गीकरणअनुसार जीपीए १.२१ देखि १.६० जीपीए ल्याउने विद्यार्थी सङ्ख्या शून्य छ ।

कक्षा १२ को परीक्षा गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको थियो । मुलुकभरका एक हजार २९२ परीक्षा केन्द्रबाट नियमित, ग्रेडवृद्धि तथा आंशिकसमेत गरेर तीन लाख ९६ हजार १८५ परीक्षार्थी सहभागी भएका थिए । गोरखापत्र दैनिकबाट 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार