बेइमानीको राजनीति धेरै समय टिक्दैन : डा शशाङ्क कोइराला
२८ फाल्गुन २०८०, सोमबार
नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले बेइमानीको राजनीति धेरै समय नटिक्ने बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पिठौलीमा आज आयोजित कार्यक्रममा उहाँले वर्तमान सरकार राजनीतिक धोकाबाट बनेको आरोप लगाउनुभयो ।
“केही मुख्यमन्त्री र मन्त्री पद गए पनि कांग्रेसको भविष्यका लागि गठबन्धन टुट्नु राम्रो हो, अब निर्वाचन अगाडि कांग्रेसले कसैसँग पनि गठबन्धन गर्दैन,” नेता कोइरालाले भन्नुभयो ।
गठबन्धनबाट मुक्त भएको कांग्रेसले अब पार्टी सङ्गठन बनाउन र पार्टीभित्रका फरक विचार समूहका साथीहरूसँग मिलेर अगाडि बढ्ने अवसर प्राप्त भएको उहाँको भनाइ थियो ।