कैलाशकुट क्याम्पसको स्ववियु सभापतिमा मुरारी गौतम 'सुवर्ण' निर्वाचित

दक्ष खबर 7021+ समाचार ( )
३ चैत्र २०७९, शुक्रबार

काठमाडौं । कैलाशकुट क्याम्पसको स्ववियु सभापतिमा नेविसंघबाट मुरारी गौतम 'सुवर्ण' सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । क्याम्पसमा एकल उम्मेदवारी परेको हुनाले स्ववियु निर्वाचन समितिले मुरारी गौतम 'सुवर्ण'को प्यानललाई सर्वसम्मत रूपमा निर्वाचित गरेको हो । कैलाशकुट क्याम्पसमा सर्वसम्मत रूपमा निर्वाचन सम्पन्न भएको निर्वाचन अधिकृत डा. शोभा ढुंगानाले जानकारी दिनुभयो । उहाँले नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु (एस्), अखिल क्रान्तिकारी (विप्लव)बाट संयुक्त रूपमा परेको उम्मेदवारीमा सर्वसम्मत रूपमा विजय घोषणा गराइएको जानकारी दिनुभयो । निर्वाचनमा प्रत्यक्ष तर्फ सभापति पदमा मुरारी गौतम `सुवर्ण´, सचिव पदमा किरण बराल, कोषाध्यक्ष पदमा आयुश अर्याल, सदस्यहरूमा मालिका निरौला, सञ्चन राई र लासाङ तामाङ निर्वाचन हुनुभएको छ भने, समानुपातिक तर्फबाट सदस्यहरूमा नरेश बहादुर बि.क, माया थिङ तामाङ, देव कृष्ण विक, दिलिप शाही, र सुमन तिमल्सिना निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार