काठमाडौँ । ५६९औँ बुद्ध जयन्तीको अवसरमा दुई दिवसीय बौद्ध ध्यान र शिक्षण सत्र कार्यक्रम सम्पन्न भएको छ । श्री टुसाल युवा क्लवको आयोजना तथा श्री बौद्धनाथ क्षेत्र विकास समितिको प्रायोजनमा बौद्ध स्थित कुशल बैँकवेटमा कार्यक्रम भएको हो ।

श्री टुसाल युवा क्लवका अध्यक्ष विजय लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले छयोमे बाली उद्धघाटन गर्नुभएको थियो । दुइ दिनसम्म चलेको उक्त कार्यक्रममा नेपाल प्रहरी र खेलाडीहरुको सहभागिता रहेका थिए ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले, 'ध्यानले स्मरणशक्ति बलियो बनाउनुका साथै तनावलाई सहज रुपमा सामना गर्न सिकाउने बताउनुभयो ।
उहाँले खेलाडी र प्रहरीहरुको कार्य क्षेत्रमा आईपर्ने तनावलाई सहज रुपमा सामना गर्न मनोबल आत्मविश्वास बढाउँन पनि बौद्ध ध्यान शिक्षण सत्र कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।।
धर्म गुरु रेन्पोछे से नाम्खाले प्रशिक्षण दौरान योगा अभ्यास, ध्यान विधि, बुद्ध प्रवचन दिएको उक्त कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका सदस्यहरु जानुका भण्डारी श्रेष्ठ, पशुपती खतिवडा (श्याम) रग्वा शेर्पा लगायत आयोजक संस्थाका पदाधीकारीहरु रहेको थिए ।