गोकर्णेश्वर नगर अस्पतालमा ९ जना विशेषज्ञ चिकित्सक थप

दक्ष खबर 16456+ समाचार ( )
१ अशोज २०८२, बुधवार

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले नगर अस्पतालमा विशेषज्ञ सेवा विस्तार गर्दै ९ जना चिकित्सक थप गरेको छ । 

बुधबार एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख दिपक कुमार रिसालले खुला प्रतिस्प्रर्धाबाट छनौट चिकित्सकलाई स्वागत गरेका छन् । 

वडा नं ४ वडाध्यक्ष जयराम महतको अध्यक्षतामा भएको कार्यक्रममा मेयर रिसालले सेवाग्राहीको चाप बढेपछि चुस्त स्वास्थ्य सेवा प्रवाहका लागि विशेषज्ञ चिकित्सक थप गरेको बताए ।

अस्पतालमा ३ जना अर्थो, ३ जना मेडिसिन, २ जना गाइनो, बालरोग, रेडियोलोजी, मुटुरोग, नाक, कान, घाँटी, आँखा र छाला रोग विशेषज्ञ एक एक जना कार्यरत छन् ।

गोकर्णेश्वरले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकता राखेर काम गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार