खड्ग जात्रामा वडाअध्यक्ष आशामान संगत बने 'लाखे'

दक्ष खबर 16484+ समाचार ( )
१६ भाद्र २०८०, शनिबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका सम्पदा विभाग संयोजक तथा वडा ८ का वडाअध्यक्ष आशामान संगत खड्क जात्रामा 'लाखे'का रूपमा प्रस्तुत भएका छन् ।

गाईजात्राका अवसरमा लगातार तीन दिनसम्म मनाईने गाईजात्रा, खड्ग जात्रा र रोपाइ जात्रामा अन्तरगत वडाअध्यक्ष संगत वडाअध्यक्ष आशामान संगत खड्क जात्रामा लाखेका रूपमा प्रस्तुत हुनु भएको हो ।

वडाअध्यक्ष संगतले, 'मेरो यो लगाव हो । वडाअध्यक्षले झनै जात्रा पर्वको प्रमोट गर्नुपर्ने बताउनुभयो ।'

उहाँले, आफ्नो इच्छाले नै  यस पटक लाखेका रूपमा प्रस्तुत भएको र धर्म संस्कृतिको संरक्षणार्थ आफुहरू सधैं नै तत्पर रहेको बताउनुभयो । 

उहाँले, अघिल्लो वर्षहरूमा पनि आफु लाखेका रूपमा प्रस्तुत भईसकेको बताउनुभयो ।  उक्त अबसरमा विभिन्न व्यक्तिहरू विभिन्न प्रस्तुत भएका थिए ।

विशेषगरि ग्वल क्षेत्रमा मनाइएको उक्त पर्वमा ९ थरिका कपडा, ९ थरिका गरगहनाहरू लगाउने गरिन्छ । नेवार समुदायमा विशेष रूपले गाईजात्रा पर्व मनाईने गरिन्छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार