विपीको योगदान नयाँ पुस्ताले भुल्न हुँदैन : वरिष्ठ पत्रकार कमल कोईराला

दक्ष खबर 16457+ समाचार ( )
२३ भाद्र २०८१, आइतबार

काठमाडाैँ । वरिष्ठ पत्रकार कमल कोईरालाले विपी कोईरालालाई साहित्यिक पत्रकारको रुपमा चित्रण गर्नुभएको छ ।

१११औँ विपी जयन्तिको अवसर पारेर नेपाल प्रेस युनियनले काठमाडाैँमा आयोजना गरेको ‘पत्रकारिताका सन्दर्भमा विपी’ विषयक प्रवचन कार्यक्रम बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । तत्कालीन अवस्थामा शारदा नामक साहित्यिक पत्रिकामा विपीले साहित्यिक पत्रकारको रुपमा लेख, रचनाहरु प्रकाशित गर्ने गरेको वरिष्ठ पत्रकार कोईरालाले स्मरण गराउनु भयो । 

उहाँले विपीले नेपालको राजनीतिक, साहित्यिक क्षेत्रमा पुर्याएको योगदान नयाँ पुस्ताले भुल्न नहुने धारणा पनि राख्नु भयो । वरिष्ठ पत्रकार कोइरालाले भन्नुभयो, ‘विपी कोईराला नेपालको पत्रकार पनि हो । शारदालगायतका साहित्यिक पत्रिकाको उहाँ गुप्त प्रकाशक नै हुनु भयो । विपी कोईरालाले सशस्त्र क्रान्तिको शुरु गरेर गल्ती गर्नुभयो । तर पछि फेरि फर्केर स्वदेश आउनु भयो । उहाँले मुलुकको राजनीतिक, साहित्यिकलगायतका धेरै योगदान दिनुभएको छ । ’

वरिष्ठ पत्रकार कोईरालाले विपीले सशस्त्र क्रान्तिको नेतृत्व गरेर भारत निर्वासनमा जाने कुरामा पनि भने गल्ती गरेको बताउनु भयो । अर्को वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरहीले विपीले सबै पत्रकारहरुmलाई सम्मान गर्ने गरेको बताउनु भयो । उहाँले विपीले लोकतन्त्रलाई स्थापित गराउनका लागि एउटा मुखपत्रको रुपमा पत्रिका संचालन गर्ने सोच राखे पनि त्यो अधुरो रहेको बताउनुभयो ।

वरिष्ठ पत्रकार विरहीले भन्नुभयो,‘विपीले पत्रकारिता क्षेत्रलाई सम्मान, सहयोग, सल्लाह पनि दिनुहुन्थ्यो । र संरक्षण गर्नु हुन्थ्यो । यो आफ्नो र यो अरुको भनेर उहाँ सोच्नु हुन्नथ्यो । वनारसमा यहाँबाट कयौं पत्रकारहरु उहाँको विचारलाई बुझ्नका लागि जाने गर्नु हुन्थ्यो । 

तर उहाँले शंकास्पद मान्छे हो भन्ने थाहा पाएर पनि उहाँ सहज रुपमा भेट्नुहुन्थ्यो । कुराकानी गर्नुहुन्थ्यो । यताको जानकारी लिनु हुन्थ्यो । आफ्नो विचार निर्धक्कसँग भन्नुहुन्थ्यो । र ती मेरो विचारहरु छाप्न सक्दैनौं होला पनि भन्नुहुन्थ्यो । तर उल्टै आएर विपी शानले बसेको रहेछ । सुरक्षा गार्ड पनि भारत सरकारले दिएको रहेछ भनेर उल्टो कुरा यहाँ लेखिरहेका हुन्थे । 

त्यही गर्लान भन्ने थाहा पाउँदापाउँदै पनि विपी यो भेदभाव गर्नुभएन कि यो कम्युनिष्ट हो । अथवा यो राजावादी हो । अथवा यो को हो भनेर उहाँले व्यक्ति हेरेर भन्नुभएन । उहाँले सबैलाई समान रुपको व्यवहार गरेर उद्धार व्यवहार प्रर्दशन गर्नु भयो ।

यो अहिलेका राजनीतिक कर्मीहरुले, राजनीतिज्ञहरुले सिक्नुपर्ने धेरै कुराहरु रहेका छन् विपीबाट । देशलाई बचाउने, जोगाउने र मुलुकका सबै जाति र वर्गबीच सम्बन्ध बढाउने कुरामा उहाँको योगदानको धेरै नै चर्चा भईरहेको हुन्छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार