काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ७ चावहिलमा रहेको सेन्ट लरेन्स कलेजले आफ्नो २६औँ ब्याजका कक्षा १२ मा अध्यायन गर्ने विद्यार्थीहरूलाई विदाई गरेको छ । आज आयोजित एक समारोहका बीच सेन्ट लरेन्सले ५०० बढि विद्यार्थीहरूलाई विदाई गरेको हो ।
कार्यक्रमको अध्यक्षता सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालले गर्नुभएको थियो । कार्यक्रममा प्रधानाध्यापक पुरूषोत्तम महर्जन, किमचेन युनिभर्सिटी कोरियाका प्रोफेसर बेङ्गिल पार्कका, प्रवन्ध निर्देशन तारा प्रसाद सुवेदी, प्रवन्ध निर्देशन अजय खनाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै सेन्ट लरेन्सका प्रवन्ध निर्देशन तारा प्रसाद सुवेदीले कक्षा १२ उत्तीर्ण विद्यार्थीमध्यले सेन्ट लरेन्सबाट नेपलभर उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई आगामी उच्च शिक्षाका लागि शुभकामना ब्यक्त गर्नुभयो । उहाँले सफलता पूर्व उच्च शिक्षा सम्पन्न गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।
उहाँले विद्यार्थीहरूको मानसिकता देशै खत्तम छ भन्ने तर्फ अगाडि बढेको बताउँदै उच्च शिक्षाका लागि विदेश होइन नेपाल नै रोज्न आग्रह गर्नुभयो ।
त्यस्तै, शिक्षकहरूका तर्फबाट आफ्नो मन्तव्य राख्दै महेश तिमल्सिनाले, उच्च शिक्षाका लागि विद्यार्थीहरूले नेपालमानै अबसर खोज्न आवश्यक रहेको बताउनुभयो । उहाँले, भविष्य निर्माणका लागि विदेश नै जानु पर्छ भन्ने भाष्य तोड्न उहाँले विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।
त्यस्तै, सेन्ट लरेन्स कलेज प्रमुख पुरूषोत्तम महर्जनले कक्षा १२ उत्तिर्ण गरेर स्नातक तह तर्फ अगाडि बढ्दै गर्दा आफ्नो भविष्यलाई पनि अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । आगामी दिनमा तपाईंहरूले छनोट गर्ने भविष्यले तपाईंको परिवारको र आगामी यात्रा तय गर्ने उहाँले बताउनुभयो । सेन्ट लरेन्ट उत्कृष्ट १० कलेज मध्येको कलज रहेको बताउदैँ उहाँले विद्यार्थीहरूले उच्च शिक्षालाई अगाडि बढाउन र भविष्यलाई अगाडि बढाउन सेन्ट लरेन्स सँगसँगै सहकार्य गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अबबाट तपाईहरूको नयाँ यात्रा, नयाँ च्याप्टरको शुरूवात भएको महर्जनले बताउनुभयो ।
त्यस्तै, प्रोफेसर बेङ्गिङ पार्कले आफु १८ वर्ष अगाडि नेपाल आएको बताउदैँ एउटा साथीले नेपालमा केही छैैन विदेश जानु पर्ने अबस्था छ भन्ने उदाहरण दिएको बताउँदैँ उहाँले यहाँ कानुन छैन भन्ने कुरा साथीले बताएको पार्कले बताउनुभयो ।
उहाँले, अहिले नेपालीहरूको भाष्य नै विदेश नगई नहुने भन्ने रहेको बताउनुभयो । उहाँले हाम्रो जिन्दगीमा हामीलाई दुखमा पुर्याउने भनेको आफ्नो सोचाईमा भर पर्ने उहाँले बताउनुभयो । उहाँले कोरियाको 'विटिएस ग्रुप' लाई सबैले चिनेको बताउँदै उहाँहरूले म विश्वको नम्बर १ गायक बन्छु भनेर ढृण लक्ष्य राखेको र उहाँहरू आफ्नो मिहिनेतले अहिले संसारको उत्कृष्ट गायक हुन सफल रहेको उहाँले बताउनुभयो ।
उहाँले नेपालमा नेपालीहरूको आवश्यकता रहेको । म मेरो जिन्दगी मेरो देशको लागि जिउन चाहान्छु भन्ने माइन सेट गर्न उहाँले आग्रह गर्नुभयो । सबै नेपालीेले म मेरो देशका लागि केही गर्छु भन्ने हो भने, विश्वको उत्कृष्ट देशहरू मध्ये नेपाल पनि एक उत्कृष्ट देश बन्ने उहाँले बताउनुभयो ।
त्यस्तै, सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालले सेन्ट लरेन्सले उत्कृष्ट नतिजा हात पार्न सफल भएकोमा सबैलाई बदाई एवं धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले हरेक बर्ष झैँ यस बर्षपनि सेन्ट लरेन्सले उत्कृष्ट नतिजा हात पारेको उहाँले बताउनुभयो ।
अध्यक्ष दंगालले हालको विद्यार्थी भन्दा यस वर्ष १.५ प्रतिशत विद्यार्थी बढि भर्ना गर्न सफल भएको बताउनुभयो । सेन्ट लरेन्सलाई नाम सँगसँगै कामले पनि चिन्न आवश्यक रहेको बताउनुभयो । उहाँले हामी सेन्ट लरेन्स भन्ने बित्तिकै गुणस्तरीय शिक्षा भन्ने बुझ्नेगरी अगाडि बढ्न आग्रह गर्नुभयो । आफुहरूमा सँग त्रिविले मान्यता दिएको विआईटी कोर्स रहेको र यो विषय उत्कृष्ट रहेको बताउनुभयो ।
कक्षा १२ बाट उत्कृष्ट नेपाल टप गर्ने बिद्यार्थी सुशान्त दुलाललगायतलाई कलेजले सम्मान गरेको थियो । त्यस्तै, सेन्ट लरेन्स कलेजबाट १२ पास गरेका विद्यार्थीहरूलाई टोकन अफ लबले सम्मान समेत गरिएको थियोे । साथै कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेत दिइएको थियो ।