संसद् पुनस्थापनाको मुद्दाबारे अविलम्व फैसला होस् : केपी शर्मा ओली

दक्ष खबर 16456+ समाचार ( )
१७ पौष २०८२, शनिबार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनस्र्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न माग गर्नुभएको छ । एमाले ओखलढुंगा काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संवैधानिक सङ्कटमा देश फसेको बेलामा मौन बस्दा अदालतको औचित्यमाथि नै प्रश्न उठ्ने भन्दै संसद् पुनस्र्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न माग गर्नुभएको हो ।

आफुहरुले संसद बिघटन गरेर संविधान मिचिएको भनिरहेको अवस्थामा सर्वोच्च अदालत चुपचाप लागेर कानमा तेल हालेर बस्न नमिल्ने उहाले बताउनुभयो । उहाले संसद् पुनस्र्थापनाको मुद्दाबारे अदालतले जस्तो आदेश गरेपनि त्यसलाई स्वीकार गरिने स्पष्ट पार्नुभयो । त्यस्तै अध्यक्ष ओलीले सरकार तटस्थ रहेर भयरहित वातावरणमा, शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनुपर्ने बताउनुभयो । कसैलाई जिताउने वा हराउने खेलमा सरकार लागे त्यस्तो निर्वाचन र परिणाम स्वीकार्य नहुने उहाले स्पष्ट पार्नुभयो ।

उहाले उहाले सरकारले जे गर्दा पनि हुन्छ भन्ने सोच्यो भने त्यो देश र सरकारकै लागि पनि अनिष्ट हुने चेतावनी दिनुभयो । फागुन २१ गते निर्वाचनको मिति तय गरिएपनि हिमाली भेगमा निर्वाचन गराउन कठिन रहेको उहाले बताउनुभयो । फरक प्रसंगमा अध्यक्ष ओलीले झापा–५ मा आफुसंग प्रतिष्पर्धा गर्ने भनेर लागेकाहरुसंग कुनै सङ्गठन, नीति कार्यक्रम, उद्देश्य केही नभएको तर्क गर्नुभयो । 

आफ्ना प्रतिष्पर्धीलाई बतासे अन्डाको संज्ञा दिदै ओलीले बतासे अन्डाबाट चल्ला ननिस्कने टिप्पणी गर्नुभयो । ओलीले उनीहरुले नै आगजनी र तोडफोडलाई क्रान्ति भनेर महिमा मण्डन गरेको र पुराना दलहरुलाई बिभिन्न आरोप लगाउने गरेको बताउनुभयो । उहाले देश बनाउने शक्ति एमालेमात्रै रहेको र यसपटकको निर्वाचनमा जनताले आफुहरुलाई सफल बनाउने जिकिर गर्नुभयो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार