यहीँ असार १ गते बसेको प्रदेशसभा बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले प्रदेश सरकारका तर्फबाट आगामी आवको अनुमानित बजेट सार्वजनिक गर्नुभएको थियो । सोही दिन अपराह्न बसेको दोस्रो बैठकमा आर्थिक विधेयकसहित विभिन्न ६ वटा विधेयक प्रस्तावहरु टेबुल गरिएलगत्तै प्रदेशसभाको अर्को बैठक असार १२ गते आजका लागि बस्ने गरी प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठक स्थगित गर्नुभएको थियो ।