पोखरा । पोखरा विश्वविद्यालय साहित्य समाजद्वारा आयोजित कविता प्रतियोगिता-२०८० मा सुनिता देवकोटा प्रथम हुनुभएको छ । उहाँको "मेरा बा" शीर्षकको कविता प्रथम भएको हो ।
त्यसैगरी द्वितीय लक्ष्मीप्रसाद शर्माको कविता "छोरा कहाँ छौ तिमी ", तृतीय द्वय संजोग मरासिनीको "द्वन्द " र सजिना पौडेलको "प्रकृतिको प्रतिबिम्ब " हुन सफल भएको छ । साथै सोनाम थापा, सरिष्मा रिमाल र अर्चना पन्त उत्कृष्ट ७ मा छ्नोट हुनुभएको छ ।
कविता प्रतियोगितामा कविहरु छन्दिका त्रिपाठी, शरण आँसुले मूल्यांकन गर्नु भएको थियो । साथै, पोखरा विश्वविद्यालयमा अध्ययनरत एक क्रियाशिल स्रष्टालाई प्रदान गरिने "PULS AWARD" ले संजोग मरासिनीलाई सम्मान गरिएको छ ।
पोखरा विश्वविद्यालय साहित्य समाजका अध्यक्ष रोशन तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि , साहित्यकार, नेपाली लेखक संघका केन्द्रिय अध्यक्ष तीर्थ श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रम सञ्चालन संस्थाका सह-सचिव, कार्यक्रम संयोजक निकेश गिरीले गर्नुभउको थियो ।