नेपाली सेनाको योगदान र विशेषता सहितको नयाँ गीत सार्वजनिक

दक्ष खबर 2557+ समाचार ( )
२ अशोज २०८०, मङ्गलबार

काठमाडौँ । नेपाली सेनाको योगदान र विषेशता सहितको गीत मंगलबार सार्वजनिक गरिएको छ। ‘राष्ट्रिय एकताको प्रतीक– वीर नेपाली सेना’ बोलको गीत जंगी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा आयोजित समारोहबीच प्रधान सेनापति प्रभुराम शर्माले छायाँचित्रसहितको गीत सार्वजनिक गर्नुभएको हो।

नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठको रचनामा रहेको गीतमा सुवास तिमिल्सिना र गीता पाण्डेको आवाज रहेको छ। गीतकार श्रेष्ठले गीतबारे जानकारी गराउँदै नेपाली सेना स्थापनाकालदेखि निःस्वार्थ भावले अनवरत रूपमा देश र जनताको सेवामा समर्पित रहेको बताउनुभयो ।

नेपाली सेनाको योगदान र बलिदानबारे आम बुझाइमा एकरूपता नभएको हुँदा गीतले सो कुरा सम्बोधन गरेको उल्लेख गर्नुभयो । संचारकर्मी एवं प्राध्यापक हेम भण्डारीले गीतमा नेपाली सेनाको परिचय, योगदान र विशेषता समेटिएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली सेना राष्ट्रिय सुरक्षामा, सीमाको रक्षा , विपद् व्यवस्थापन, विकास निर्माण, शान्ति स्थापना, पर्यावरण संरक्षण, धार्मिक तथा संस्कृति संरक्षणमा साथै देशको पहिचान दिलाउन गीतले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।` निर्माता द्वय बाबुराम श्रेष्ठ तथा सोभन सइजु, राजेन्द्र बजागाईंको संगीत रहेकोे गीतमा दिनेश सुनामले एरेन्ज, नेपाली सेनाका सेनानी विशेष पौडेलले निर्देशन तथा प्रकाश हुमागाईं र किशोर डंगोलले छायाँचित्र सम्पादन गर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार