प्रधानमन्त्री दाहाल तथा त्रिविका उपकुलपति बराल बिच भेटवार्ता

दक्ष खबर 7021+ समाचार ( )
११ फाल्गुन २०८०, शुक्रबार

काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड' र त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा.केशरजंग बराल बिच भेटवार्ता भएको छ ।

भेटमा उपकुलपति बरालले त्रिभुवन विश्वविद्यालय र यसमार्फत नेपालको उच्च शिक्षालाई सुधार गर्न आफुले प्राप्त जिम्मेवारीलाई पूरा गर्ने र कुलपतिको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा योगदान गर्ने बताउनु भएको थियो।

शैक्षिक क्यालेन्डर लागू गर्ने, शैक्षिक कार्यक्रमलाई ट्रयाकमा ल्याउने, पाठ्यक्रम परिमार्जन गर्ने, स्वच्छ शैक्षिक वातावरण निर्माण गर्न सरोकारवालालाई विश्वासमा लिई काम गर्ने, उच्च शिक्षाको गुणस्तर निर्माण गर्दै बन्चितिकरणमा परेका तल्लो वर्गलाई शिक्षामा अवसर प्रदान गर्ने तथा शैक्षिक मर्यादा र अनुशासनमा सम्झौता नगर्ने आफ्नो अठोट रहेको बताउनु भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार