काठमाडाैँ । जेन-जी प्रदर्शनकारी नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा पसेका छन् । उनीहरू दक्षिणी र पश्चिमी गेटबाट संसद् भवनमा छिरेका हुन् ।
प्रदर्शनकारीहरू मुख्य गेट र सशस्त्र प्रहरीको सेन्ट्री पोस्टको सहयोगमा संसद् भवनमा छिरेका हुन् ।त्यसक्रममा संसद् भवनको दक्षिणी गेटमा आगोसमेत लागेको छ । संसद् भवन परिसर जेनजीको कब्जा भएपछि सेना पठाइएको छ ।
माइतीघर हुँदै बानेश्वर पुगेका प्रदर्शनकारी संसद भवन पसेर नाराबाजी गरिरहेका छन्। प्रहरीले नियन्त्रणमा लिन नसकिरहेका बेला सेना पठाइएको हो। अहिले बानेश्वर क्षेत्र तनावग्रस्त छ।