फागुन २१ गतेकाे प्रतिनिधिसभा निर्वाचन नै देश स्थिरताको एकमात्र मार्ग हाे : प्रधानमन्त्री

दक्ष खबर 16459+ समाचार ( )
४ मंसिर २०८२, शनिबार

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गते भएका दुखद घटनापछि देश पुनः शान्तिको बाटोमा फर्किएको बताउनुभएकाे छ । 

शनिबार सरकार गठनको १०० दिन पूरा भएको अवसरमा भिडियो सन्देश जारी गर्दै उहाँले ती घटनामा ज्यान गुमाउने योद्धाहरूलाई सहिद घोषणा गरिएको र घाइतेहरूको उपचार र जीविकोपार्जन सुनिश्चित गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभयाे । 

उहाँले, ‘भदौ २३ र २४ गते दुखद घटनापछि देश फेरी शान्तीको बाटोमा फर्किएको छ । ती घटनामा ज्यान गुमाउने योद्धाहरुलाई सहिद घोषणा गरेका छौ । घाइते योद्धाको उपचारका साथै जिवितका जिविका सुनिश्चत गर्ने प्रकृया अघि बढाएका छौँ ।’

प्रधानमन्त्रीले,आन्दोलनमा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोषमार्फत काम सुरु भइसकेको छ । अब विगतका पीडादायी क्षणहरू बिर्सिएर सुन्दर र स्थिर भविष्य निर्माणतर्फ सबै नेपालीले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयाे ।

‘क्षतिग्रस्थ संरचना पूर्ननिर्माणका लागि भौतिक पुर्वाधार पुर्ननिर्माण कोष मार्फत काम थालिएको छ । अब हामीले नमिठा पलहरु बिर्सिएर एउटा सुन्दर र स्थिर भविश्य निर्माण तर्फ हातमा हात मिलाएर अघि बढ्नुपर्छ,’ उहाँले बताउनभयाे ।

देश चुनावतर्फ अघि बढेको विषयमा देखिएको जिज्ञासा र भ्रमबारे स्पष्ट पार्दै प्रधानमन्त्री कार्कीले, ‘अहिले कतिपयको मनमा एउटा जिज्ञासा र केही ठाउँमा भ्रम पनि छ, प्रश्न गर्नेहरुले भन्ने गर्नुभएको छ के देश साच्चै चुनावतिर बढेको हो ? तर, के सरकारले शान्ति सुरक्षाको ग्यारेन्टी दिन सक्छ । आज म यही मन्चबाट देश र दुनियालाई प्रष्ट पार्न चाहान्छु २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन केवल एउटा कार्यतालिका मात्र रहेन यो हाम्रो देशलाई स्थिरता दिने र नयाँ युगको सुरुवात गर्ने एक मात्र निर्विकल्प मार्ग हो।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार